Fri. Apr 19th, 2024

jigree-for-rangakhabar

कलाकार सुबास थापाले निर्माण गरेको चलचित्र ‘बिर्खेलाई चिन्छस्’ निर्देशन गरेर निकै राम्रो चर्चा बटुलेका निर्देशक अराज केशव गिरीले अब ‘जिग्री’ नामक नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । गायक, संगीतकार, र्यापर तथा रेकर्डिष्टको रुपमा आफुलाई स्थापित गराइसकेका उनले अब चलचित्र निर्देशन कार्यलाई पनि अगाडी बढाउने बताएँछन् । ‘जिग्री’ को कथा पनि स्वयं गिरीले नै तयार पारेका हुन् । अराजका अनुसार चलचित्र ‘जिग्री’ एक्सन सहितको रोमान्टिक कमेडी चलचित्र हुने बताएका छन् । चलचित्रमा रन्जना राईको शब्दमा महेश खड्काले संगीत रहने छ । रोज इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यस फिल्मको छायांकन फागुनको दोस्रो साताबाट शुरु गरिने निर्देशन गिरीले जानकारी दिएका छन् । कलाकारको अडिसन चाडै सुरु हुने बताएका अराजले चलचित्रमा नयाँ कलाकारहरु नै बढि मात्रमा रहने बताए । केहि कलाकारहरुको छनोट भईसकेको र केहि अरु कलाकारहरुको छनोट कार्य भईरहेको पनि निर्देशक गिरीले बताएका छन् ।

%d bloggers like this: