Sat. Apr 27th, 2024

प्रदर्शन मिति नजिकदैं गरेपछि यति बेला चलचित्र इच्छाको यूनिट पनि आफ्नो प्रचार प्रसारमा व्यापक रुपमा लाग्र्दै आएको छ । मुनाल घिमिरेले निर्देशन गरेको चलचित्र इच्छालाई कलाकार देखी सम्पुर्ण जम्बो यूनिटले प्रचार प्रसारमा निकै राम्रो साथ दिर्दै आएको छ । माघ २ गते देशभर प्रदर्शनको तयारीमा रहेको इच्छाका बारेमा चलचित्रका मुख्य कलाकार दयाहाङ् राईले केहि कुराहरु यसरी बताएका छन् ।

इच्छा एक सशक्त टिम
सिनियर फिल्म मेकर मुनाल घिमिरेले पहिलोपटक चलचित्र निर्देशन गर्ने सोच सहित मसँग आउनुभयो । मुनालजीले मसँग काम गर्ने योजना बनाएर आउनुभएको थियो । नाटकमा सँगै अभिनय गरेपनि मैले सुवास थापासँग चलचित्रमा काम गर्ने अवसर पाएको थिइन । सुवाससँग काम गर्दा रमाईलो भयो । इच्छामा काम गर्दा एक सशक्त टिमबन्छ भनेर काम गरेको हो ।

चलचित्रमा होटल साहुजी

चलचित्रमा होटल सञ्चालकको भूमिकामा छु । भूमिका जे(जस्तो भएपनि पात्र चाहिँ रेगुलर नै हो । कुनै एकदमै अफ्ठ्यारो र नयाँ भन्दा पनि सँधै देखिने पात्रको रुपमै छु । मलाई पनि मेरा साथीले आफ्नो इच्छा पुरा गर्न सहयोग मागिरहेका हुन्छन् मैले पनि साथीहरुसँग त्यस्तै अपेक्षा गरेको हुन्छु । चलचित्र भित्र माया प्रेम पनि छ ।

निर्देशकसँग पहिलोपटक काम
मुनाल घिमिरेसँग काम गर्दा निकै रमाईलो भयो । अघिल्ला चलचित्र बनाउँदका कुराहरु गर्नुहुन्थ्यो । पारिवारिक वातावरणमा नै चलचित्र सकियो ।

चलचित्र
रेगुलर चलचित्र हो । सामाजिक प्रेमकथामा बनेको छ ।

माघ २ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र इच्छामा सुवास थापा, शिखा शाही, दयाहाङ राई, ओम प्रतिक, देशभक्त खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । पिएलएम फिल्मसको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा गम्भिर विष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, प्रकाश घिमिरेको लेखन रहेको चलचित्रमा राम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ । चलचित्रलाई मुनाल घिमिरेले निर्देशन गरेका हुन् । फरक पुस्ताको फरक सोचाईलाई चलचित्रमा निकै आर्कषक तरिकाबाट पर्दामा उतारिएको निर्देशक घिमिरेले बताएका छन् ।

%d bloggers like this: