Wed. Apr 24th, 2024

फागुन १ गते देखी देशभर प्रदर्शनको तयारीमा रहेको बखत सोहि मितिमा अर्को चलचित्र वान वे लाग्ने भएपनि दुबै चलचित्रका निर्माताको सहमतीमा गोलाप्रथा गरि वान वेले उक्त फागुन १ गतेको प्रदर्शन मिति हात पारेपछि आफ्नो प्रदर्शन मिति पर सारेको चलचित्र अर्धकट्टीको नयाँ गीत रिलिज भएको छ । सार्वजनिक ‘ओए ओ’ बोलको गीतमा रिस्ता बस्नेत र गौरव पाहाडीको प्रेमलाई देखाइएको छ । राजन इशान र सुवानी मोक्तानको स्वर रहेको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । विल्सन विक्रम राई, रिस्ता बस्नेत, अशिष्मा नकर्मी, प्रदिप बाँस्तोला, गौरव पहारी लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र अर्धकट्टीमा नायिका नम्रता श्रेष्ठ र कलाकार गजित विष्टको पनि विषेश भुमिका रहेको छ । साथैं चलचित्र अर्धकट्टीको अष्ट्रेलियामा प्रिमियर हुने भएपनि चलचित्र यूनिटले अष्ट्रेलियाको प्रिमियरका लागी नयाँ टिजर समेत सार्वजनिक गरेको छ । फेब्रुअरी १ मा अष्ट्रेलियामा रहेको सिनेमा क्लबले सिड्नीमा चलचित्र प्रदर्शन गर्न लागीएको बताइएको छ । सार्वजनिक टिजरमा गौरव पहारीलाई कन्फ्युज, प्रदीप बास्तोलालाई लुज र विल्सनविक्रम राईलाई खञ्चुवा पात्रमा रुपमा देखाइएको छ । संचारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको चलचित्र ‘अधकट्टी’लाई प्रदीपकुमार उदयले निर्माण गरेका हुन् । चलचित्रमा विजय अधिकारी तथा जया शर्माको पटकथा र संवाद ,रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर विष्टको नृत्य छ ।

चलचित्र अर्धकट्टीको सार्वजनिक गीत हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=ePaNVSBok0s

चलचित्र अर्धकट्टीको सार्वजनिक टिजर हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=g6j1X7PXvvM

%d bloggers like this: