Sat. Apr 20th, 2024

फागुन १५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र मिसन पैसा रिलोडेडको नयाँ गीत रिलिज भएको छ । सार्वजनिक गीतमा निशा अधिकारी सहित हर्षिका श्रेष्ठ र आमिर गौतम देखिएका छन् । आकाशैमा नामक सार्वजनिक गीतमा पाण्डब सुनवारले संगीत दिएका छन् भने किरण तुलाधरले रिमिक्स गरेका छन् । त्यस्तै नायिका प्रियंका कार्कीले कोरियोग्राफी गरेकी छिन् । निशा अधिकारी, आमिर गौतम, रेश महरठ्ठा, हर्षिका श्रेष्ठ लगायतका कलाकारहरु अभिनित चलचित्र ‘मिसन पैसा रिलोडेड’मा माधव वाग्ले र नरेन्द्र महर्जनले लगानी गरेका छन् । खतरनाक एक्शनमा चलचित्रका सबै कलाकारहरु देखिएका चलचित्रको निर्माणपक्षले बताएको छ । चलचित्रमा हरी हुमागाँइको छायांकन, दिर्घ खड्काको सम्पादन, राजकुमार उप्रेतीको एक्सन, स्वर्गिय पाण्डव सुनुवारको संगीत रहेको छ । चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=JrqMFn-nvp8#t=16

%d bloggers like this: