Fri. Apr 26th, 2024

पौष १८ गते अर्थात आजबाट देशभर दुई चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । माई प्रमिस र जिन्दगी रक्स नामक दुई चलचित्रले आजबाट प्रदर्शन आरम्भ गरेका हुन् । प्रचारको हिसाबले जिन्दगी रक्स अगाडी भएपनि माई प्रमिसले पनि विभिन्न सामाजिक कार्यमा हात हाल्दै चलचित्रको प्रचार प्रसार गरेको थियो । यूवापुस्तालाई लक्षित गरेर निर्माण गरिएको चलचित्र जिन्दगी रक्सले हलमा यूवाबर्गलाई नै बढि प्राथमिकता दिदैं प्रदर्शन आरम्भ गरेको हो भने माई प्रमिसले सबै बर्गलाई लक्षित गरेर अर्थात बढि विदेशमा बस्ने नेपालीहरुको कथालाई लक्षित गरेर निर्माण गरिएको हो ।

यस्ता छन् आजबाट देशभर प्रदर्शनका आएका दुई चलचित्र माई प्रमिस र जिन्दगी रक्स

jindagi-raks

चलचित्र – ‘जिन्दगी रक्स’
१०० भन्दा बढि म्युजिक भिडियो निर्देशन गरिसकेका निकेश खड्काले निर्देशन गरेको पहिलो चलचित्र जिन्दगी रक्समा यूवायूवती र उनीहरुको रमाइलो यात्रालाई देखाउन खोजेको छ ।चलचित्रमा अकेशा बिष्ट, सौरमराज तुलाधर, ऋचा शर्मा, सोनम पाख्रिन, प्रकृती श्रेष्ठ, राजेन्द्र खड्गी, मकन राई, विनोद मैनाली, विक्की पुलामी, हर्कराज घलान लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा सुजतासंगै वीरेन्द्र राज तुलाधरको लगानी रहेको छ । चलचित्रमा निरोज महर्जनको कथा, हरि हुमागाइँको छायांकन, निशान घिमिरेको सम्पादन छ । भी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र जिन्दगी रक्समा वीरेन्द्रराज तुलाधरको लगानी रहेको छ ।

my-promise-a-film-by-suraj-subba-nalbo

चलचित्र -‘माई प्रमिस’ 
टंक लिम्बूसमेत निर्माता रहेको यो चलचित्रको निर्देशन सुरज सुब्बा ‘नाल्बो’ले गरेका हुन् । चलचित्रमा महेश खड्काको संगीत, गोविन्द राईको नृत्य निर्देशन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, बनिश शाहको सम्पादन रहेको निर्माता राईले जानकारी गराए । माई प्रमिसमा रमेशचन्द्र राईसँगै केकी अधिकारी, विल्सनक्रिम राई, अनुराग कुँवर, नरकुमार लिम्बू, मार्टिन खानसहितको अभिनय छ । विदेशमा रहेका नेपाली लाहुरेहरूको कथा यो चलचित्रमा समेटिएको निर्माण पक्षले जनाएको छ ।

%d bloggers like this: