Wed. Apr 24th, 2024

dilip and nandita

चलचित्र ‘लोग्ने मान्छे’ नचले कालिमाटीमा गएर तरकारी बेच्न बताएका निर्देशक लय संग्रौलाले निर्देशन गरेको चलचित्र लोग्ने मान्छेको अफिसियल ट्रेलर रिलिज भएको छ । सार्वनजिक ट्रेलरमा नायक दिलिप रायमाझि र नायिका नन्दिता केसी विच प्रेममा रहदाँका विभिन्न घटनाहरुलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा दिलिप रायमाझि र नन्दिता केसीको निकै लोभलाग्दो अभिनय पनि देख्न सकिन्छ । चलचित्रमा दीलिप रायमाझी, नन्दिता केसी, नीक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, धु्रव कोइराला, संगीत लिम्बु, अन्जु थापा, विमला गिरी, रिषमा थापा, लय संग्रौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । माघ २३ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र लौगने मान्छेमा कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, बनिश शाहको सम्पादन रहेको छ भने उत्तम केसीको परिकल्पना रहेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=2OkNl_CXpLs

%d bloggers like this: