Fri. Apr 26th, 2024

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र आभाषको अर्को नयाँ गीत रिलिज भएको छ । ‘तिम्रो अंगालो’ मा नामक सार्वजनिक गीतमा कलाकार संमय पुरी र आष्मा डिसीको प्रेमलाई देखाएको छ । सार्वजनिक गीतमा इमिना सिंह (सुनिमा) को आवाज रहेको छ भने शब्द,संगीत सुजेन्द्र कार्कीको रहेको छ । गजित विष्टले सार्वजनिक गीतमा कोरियोग्राफी गरेका छन् । यस गीतलाई पनि दर्शकले राम्रो मनपराउनेमा निर्माणयूनिट विस्वस्त देखिएको छ । प्रेममा हुने विछोड र आकर्षणलाई मुख्य केन्द्रविन्दु बनाएर निर्माण भएको चलचित्र आभाषलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

aavas

क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आभाषमा निशा अधिकारी,संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, प्रकृति श्रेष्ठ, सुनिल रावल,गोविन्द शाही लगायतका कलाकारहरुको मुख्य अभिनय देख्न सकिन्छ । पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्धन्द्ध,सुरेन्द्र पौडेलको चलचित्रमा सम्पादन रहेको छ । यस अघि सार्वजनिक गरिएको टिजर,संगीत,ट्रेलरबाट उत्साहजनक प्रतिक्रिया पाएको आभाष यूनिटले पुष २५ गते दर्शकले चलचित्र आभाषलाई पनि रुचाउने निर्माण पक्षको आशा छ । चलचित्रमा गोविन्द शाही,पवन श्रेष्ठ र दिपक शाहीको लगानी रहेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=dreUoMu99go&feature=youtu.be

%d bloggers like this: