Sat. Apr 20th, 2024

sumina

एक म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा रोशन र सुमिना (फोटो : रोशनको फेसबुकबाट)

नायिका सुमिना घिमिरे बेला बेलामा विभिन्न कारणले चर्चामा आउने नायिकाको रुपमा नै चिनिन्छन् । केहि दिन अगाडी मात्र अब देखी चलचित्र नखेल्ने घोषणा गरेकी नायिका सुमिना घिमिरे अब चाडैं बैबाहिक जीवनमा बाधिन लागेको खबर सार्वजनिक भएको छ । प्राप्त खबर अनुसार काभ्रे घर भएका रोशन सापकोटासँग नायिका सुमिना घिमिरे बैशाखमा बिबाह गर्न लागेको कुरा बाहिर आएको छ । हाल आफ्नो घर सुर्खेतमा रहेकी सुमिनाको एक गीतको म्युजिक भिडियोको सुटिङका बेला रोशनसँग चिनजान भएको थियो । त्यहि बेला देखी यि दुई प्रेमसम्बन्धमा रहेका बताइएको छ । रोशन पेशाले पाइलट हुन् । रोशन पाइलट भएपनि संगीतक्षेत्रमा उनको सौख रहेको बताइएको छ । पछिल्लो पटक चलचित्र रंग बैजनीमा अभिनय गरेकी सुमिनाको अझै दुईवटा चलचित्र प्रदर्शनमा आउन बाँकी नै छ । चलचित्रक्षेत्रमा खासै राम्रो छवि बनाउन नसकेकी सुमिनाले केहि दिन अगाडी मात्र अब देखी नेपाली चलचित्र नखेल्ने घोषणा गरेकी थिइन । सुमिनाको प्रेमी रोशनले नै उनलाई चलचित्र नखेल्न आग्रह गरेको पनि बताइन्छ ।

%d bloggers like this: