मिस नेपाल सुबिन लिम्बु बेलायतमा सम्मानित भएकी छिन् । गत २७ डिसेम्वर २०१४ को दिन बेलायतको हकिन्स कम्युनिटी हल, केन्टमा मिस नेपाल लिम्बुको सम्मान गरिएको थियो । तेह्रथुम समाज युकेले आयोजना गरेको सम्मान कार्यक्रममा लण्डनमा आयोजित ६४औ मिस वल्र्ड २०१४ को प्रतियोगितामा नेपालबाट भाग लिन गएको भन्दै उनलाई सम्मान दिइएको थियो । सम्मान पछि मिस सुबिन लिम्बुले शिक्षाको बिकाश, आफ्नो मौलिक संस्कार संस्कृतिलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने र “बिउटि वीथ प्रपोज”लाई आधिकारिक रुपमा शिक्षा क्षेत्र विषेशत ग्रामिण क्षेत्रका बिध्यार्थीहरुलाई सहयोग हुने कार्यलाई अघि लाने प्रतिवद्दता व्यक्त गरेकी थिइन । सिङ्गो राष्ट्रको मात्र प्रतिनिधि नगरी लिम्बु पहिरन मेख्ली र बिर गोरखालीको ईतिहासलाई पनि जिवन्त राख्ने उदाहरणिय भुमिका निर्वाह गरेकोले त्यस कार्यको उच्च कदर गर्दै सम्मान–पत्र प्रदान गरिएको आयोजक संस्थाका सभापति तेयुङले जानकारी दिएका छन् ।
बेलायतमा मिस नेपाल सुबिनलाई सम्मान
Byadmin
Jan 1, 2015Related Post
कलाकार सङ्घको अध्यक्षमा निरौला विजयी
Mar 19, 2023
रोमाञ्चक जितसहित नेपाल विश्वकप छनोटमा प्रवेश
Mar 17, 2023
निफमा ३५ देशका ९५ चलचित्र
Mar 16, 2023