Tue. Apr 23rd, 2024

आमिर खानका लागि सन् २०१४ राम्रै रह्यो । ‘सत्यमेव जयते’ को प्रसंशा र पछि ‘पीके’ले उनको व्यापारिक उचाई कायमै राख्न सफल भयो । हाल हलमा प्रदर्शनरत ‘पिके’ले भारतमा मात्रै १८१ करोडको कारोवार गरेको छ । यस भन्दा अघि उनी अभिनित चलचित्र धूम ३ ले पनि ५०० करोडको व्यापार गरेको थियो । जुन बलिउड बक्सअफिसमा २०१३ को सबैभन्दा बढि व्यापार गर्ने चलचित्रको सुचिमा परेको थियो ।

amir khan

उनले नयाँ बर्ष सन् २०१५ मा तबला सिक्ने धोको पुरा गर्ने बताएका छन् । नयाँ बर्षको मानाउँन बालिउडका अधिकांश स्टारहरु विदेश गई सकेका छन् तर आमिरले नयाँ बर्ष आफ्नो परिवारसँगै मनाउने बताएका छन् । उनले नवभारत टाइम्सलाई दिएको खबर अनुसार आमिरले नयाँ बर्ष मुम्बईमा आफ्नो परिवारका साथ मनाउने भएका छन् । उनले लामो समय देखि आफुले तबला सिक्न चाँहदा पनि समय नभएको भन्दै आउने बर्ष तबला सिक्ने बताएका हुन् ।

%d bloggers like this: