Sat. Jan 22nd, 2022

पछिल्लो समय एकपछि अर्को गर्दै भारतीय नेता देखी कलाकारहरुको मोह पनि नेपालप्रति बढ्दै गएको छ । केहि महिना यता मात्र बलिउडका चर्चित कलाकारहरु देखी प्रधानमन्त्री,नेताहरु नेपाल आईसकेका छन् । त्यहि क्रममा बलिउड अभिनेता एवं भारतीय पूर्वमन्त्री शत्रुघन सिंन्हा नयाँ वर्ष मनाउन काठमाडौं आएका छन् । उनी बलिउड अभिनेत्री सोनाक्षी सिन्हाका पिता हुन् ।

B_Id_346459_Shatrughan_Sinha_

शत्रुघन सिंन्हा आफ्नी पत्नी पुनम र पुराना निर्माता पहलाज निहलानीसहित बुधबार साँझ काठमाडौं आईपुगेका थिए । उनीहरु काठमाडौंको बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बसेका छन् । सिन्हा नेपाल आएको यो ३० औँ पटक हो । केहि दिन काठमाडौंमा विताउने बताएका उनले नेपालका राजनितिज्ञ नेताहरु देखी प्रधानमन्त्रीसँग पनि भेट गर्ने बताएका छन् । निजी भ्रमणका लागि काठमाडौं आएका सिंन्हा २००३ बाट झण्डै डेढ वर्ष केन्द्रीय सरकारको स्वाथ्यमन्त्री बनेका थिए ।