Wed. Apr 24th, 2024

आज स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको जन्मदिन,आजकै दिन स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठले यो धर्तिमा पाईला टेकेका थिए । तर आज उनी हामी माझ छैनन् तर कहिले नर्विसने गरि उनी भगवानको प्यारा भएको पनि आज ६ महिना वितिसकेको छ ।

shree

बोन क्यान्सरका कारण भारतको एपोलो अस्पतालमा निधन भएका श्रीकृष्णकी श्रीमती अर्थात नायिका स्वेता खड्काले श्रीकृष्णको जन्मदिनमा आफ्नो मर्मस्पर्शी पत्र फेसबुकमा कोरेकी छिन् । बिबाह भएको १ महिनामै एक्लो भएकी स्वेताले श्रीकृष्णको यादमा कारुणीय शब्द फेसबुकमा पोखेकी छिन् । स्वेताले आफ्नो फेसबुकमा हाम्रो मायाँ सधै अमर रहिरहने छ भन्दै मर्मस्पर्शी शब्द पोखेकी छिन् । उनले फेसबुकमा पोखेका हरेक शब्दहरुले जो कोहिको मन सजिलै रुवाउन सक्छ ।

यस्तो छ स्वेताले आफ्नो फेसबुकमा लेखेको पत्रको पूर्ण अंश (सम्पादनसहित)
यो जीवनमा हजुर र म शारीरिक रुपमा यति छोटो समयमा अलग हुनपर्छ भनेर मैले कहिल्यै सोचेको पनि थिईन । हजुरले बारम्बार भनेको कुरा – जीवनमा लेखेको कुरा जसरी पनि भएरै छाड्छ , अनेकौं कोशिश गरेपनि जन्मिदा लेखेर आएको कुरा कसैले मेट्न सक्दैन । हजुरले बोलेको कुरा प्रामाणित त गर्नु भयो तर मैले अझैपनि वास्तविक स्विकार्न सकेको छैन । बिहान उठ्दा सबै कुराहरु ठिकै भएपनि दिनभरीको यात्रामा के के घटना घट्छ कसैलाई केहि थाहा नहुँदो रहेछ ,त्यो त मात्र रात परेपछि थाहा हुने रहेछ अर्थात राती सुत्ने बेलामा सबै कुराहरु ठिकै भएर सुत्न गएपनि अचानक बिहान उठ्दा के हुन्छ , यो जीवनमा कसैले कहिल्यै ठोकुवा गरेर भन्न नसकिने रहेछ । लामो समयको मिहेनत , मायाँ नै मायाँले भरिएको बिश्वास , हिमाल भन्दा स्वच्छ र सफा हाम्रो मन , आकाश भन्दा फराकिलो र समुन्द्र भन्दा गहिरो हामी दुई बीचको मायाँ प्रेमलाई जुनिभरि संगै हाँश्ने खेल्ने बाचा कसमका साथ बैबाहिक जीवनमा गाँस्न पुगियो । हजुरले म प्रति गरेको माया , बिस्वास , साथ र त्याग म मेरो मन मस्तिष्क जीवनभरि बोकेर हिंड्नेछु र त्यहि मायालाई एउटा मेरो जिउने आधार बनाउने छु । मलाई पुरा बिस्वास छ आज मेरा हरेक दिनहरुमा हजुरले मलाई नजर लगाईरहनु भएको छ र हजुरले मलाई सधैभरि माया र आर्शिवाद दिईरहनुहुनेछ । मेरो मायाँ सधैभरि केवल हजुरलाई नै थियो र अबको बाँकि जीवनमा पनि हजुरकै नाममा रहिरहनेछ । किनकि मेरो मन, मुटु र शरीरलाई हजुरको आत्माले दौडाउनु भएको छ । आजको यो महत्वपूर्ण दिन , हजुरको जन्मदिनको दिनमा म बिस्तारामा लडेर मेरो भगवान , मेरो जिन्दगी , मेरो ढुकढुकी हजुरलाई सम्झेर – केवल हामीले संगै बिताएका रमाईला क्षणहरु कल्पना गरिरहेको छु । एकै छिनमा हाँश्न थाल्छु , छिनमै रुन अनि आत्तिन पुग्छु तर फेरि हिम्मत गरेर अघि बढ्ने अनेक कोशिश गरेको छु । किनकि मलाई पुरा बिस्वास छ हाम्रो मायाँ सधै अमर रहिरहने छ र यो मायाँ कहिल्यै घट्ने छैन केवल बढिरहने छ । आज भन्दा पहिलाको जन्मदिनहरुमा म हजुर सामु उपहारहरु लिएर उपस्थित हुन्थे तर माफ गरिदिनु होला यो पटक मैले हजुरलाई उपहार दिनु को सट्टा उल्टै हजुरसंग मैले उपहार स्वरुप आफ्नो असल स्वास्थको भिक माग्ने आँट गरेको छु । हेर्नुस न मेरो स्वास्थ्यमा कत्ति सुधार आएको छैन , म रातदिन सुत्न परेको छ , मलाई सन्चो भएको छैन , मैले जति कोशिश गरेपनि म उठ्न सकेको छैन । प्लिज मलाई हजुरले शक्ति दिनुहोला , छिटो भन्दा छिटो मलाई उठाई दिनुहोला , हजुरले मलाई सुम्पिएर गएका कामहरु अलपत्र परेका छन , मलाई छिटो निको भएर हजुरको सारा योजना र सपना सफल बनाउने ठूलो इच्छा जागेको छ तर राम्रो सँग आफ्नै शरीर सम्हाल्न सकेको छैन । प्लिज मलाई साथ दिनुहोस् र छिटै निको बनाएर अघि बढाईदिनुहोस् । यहि उपहार मागे मैले हजुरको यो जन्मदिनमा । हजुर जहाँ हुनुहुन्छ म सधैं हजुरको साथमा रहिरहने छु र केवल हजुरको नाममै बाँचिरहनेछु । यहि छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको शुभकामना । हामी दुवैले नचाहँदा नचाहँदै पनि आज भौगोलिक दृस्टीकोणले हामी टाढा हुन बाध्य भएपनि आत्मिय रुपमा हामी सधैंभरि नजिकै रहिरहने छौँ र म जीवनभरि हजुरको यादै यादमा बाँचि रहने छु । यहि बचन छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको बचन कामना ।

%d bloggers like this: