Tue. Apr 23rd, 2024

‘मेरो एउटा साथी छ’,’नोभेम्बर रेन’ लगायतका चलचित्रमा निकै रुचाइएको आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडि अब फेरी एकसाथ पर्दामा देखिने भएको छ । नोभेम्बर रेन चलचित्र पश्चात एकसाथ नदेखिएका यि जोडि पुन एक चलचित्र मार्फत एकसाथ देखिने भएका छन् । सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसँगको सहकार्यमा चलचित्र क्लासिक निर्माण गर्ने भएको छ ।

aryan and namrata

म्युजिकल लभस्टोरी बेसको चलचित्र भएको र स्क्रिप्ट अनुसार आर्यन र नम्रताको जोडी उपयुक्त रहेको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्ने भएका छन् । सुवास गिरीको लगानी रहने चलचित्रमा आर्यन र नम्रताको अलवा दयाहांग राई पनि चलचित्रमा रहने बताइएको छ । चलचित्रमा ताराप्रकाश लिम्बु र छेतन गुरुङको संगीत र लेखन रहने छ । फाल्गुन पहिलो सातादेखि चलचित्रको छायांकन सुरु हुने निर्माता सुवास गिरीले बताएका छन् ।

%d bloggers like this: