Fri. Apr 19th, 2024

नेपालका मात्र होइन बलिउडका समेत चर्चित कलाकार सुनील थापा बलिउडको सवैभन्दा पूरानो र सवैभन्दा प्रतिष्ठीत ‘फिल्म फेयर अवार्ड’को मनोनयन परेका छन् । सर्पोर्टिङ रोल मेल तर्फको विद्यामा सुनील मनोनयन परेका छन् । यदि उनले अरु भन्दा बढि भोट प्राप्तगरेमा आगामी संस्करणको ६० औँ फिल्म फेयर अवार्डस्मा ब्ल्याक लेडी ट्रर्फी उनले नेपाल ल्याउनेछन् । अहिले मुम्बइ बस्दै आएका थापा प्रियंका चोपडाको बक्सिङ गुरु भएर बलिउड फिल्म मेरी कोममा अभिनय गरेका थिए । उनले सोहि चलचित्रबाट मनोनयनमा परेका हुन् । दक्षिण भारतीय फिल्ममा पनि काम गर्ने योजना बनाएका सुनिल जनवरी २० सम्ममा नेपाल आउने बताइएको छ ।

%d bloggers like this: