Fri. Apr 19th, 2024

पुस २१ गतेदेखी शालीनदीमा सुरु हुने श्री स्वस्थानी मेलामा चलचित्र ‘झोला’ फेरी हेर्न पाइने भएको छ । साहित्यकार कृष्ण धराबासीको झोला उपन्याशमा आधारित भएर निर्माण भएको चलचित्र झोलालाई पुस २१ गतेदेखि मेला अवधिभर भक्तजनहरुलाई पाएकपरेको समयमा चलचित्र प्रदर्शन गरिने आयोजक सस्थाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । ‘स्तरीय साउण्ड सिष्टम सहित चलचित्र झोला प्रदर्शन गरिने बताइएको छ । साथैं,चलचित्र झोलालाई पुन व्यबसायिक रुपमा देशभर प्रदर्शन गरिने चलचित्रका निर्देशक यादबकुमार भट्टराईले बताए ।

ola

दर्शकले चलचित्र झोला फेरी एकपटक चलचित्र हलमा हेर्ने इच्छा राखेका कारण सम्भवत बैशाखको दोस्रो साता तिर चलचित्र झोलाको व्यबसायिक प्रदर्शन सुरु गर्ने निर्देशक भट्टराईले जानकारी दिएका छन् । चलचित्रमा गरिमा पन्त, लक्ष्मी गिरी, देशभक्त खनाल, सुजल नेपाल लगायतको अभिनय रहेको छ । चलचित्र झोलाले सार्क फिल्म फेस्टिबलमा उत्कृठ नायिकाको अवार्ड जितेको थियो ।

%d bloggers like this: