Sat. Apr 20th, 2024

सेन्सर बोर्डमा हुदाँ खासै औपचारिक देखी अनौपचारिक कार्यक्रममा प्राय नदेखिने सुरेशदर्पण पोखरेल केहि दिन अगाडी मात्र चलचित्र विकाश बोर्डको सदस्यमा नियूक्त भएपछि भने काठमाडौंमा आयोजना हुने विभिन्न चलचित्र सम्बन्धी अधिकाश कार्यक्रममा देखा पर्दै गएका छन् । त्यहि क्रममा मंगलबार राजधानीमा आयोजित अझै पनि चलचित्रको ट्रेलर र पोष्टर रिलिज कार्यक्रममा उनले आफ्नो आक्रोश समेत पोखेका छन् । उनले कार्यक्रममा सेन्सर बोर्डमा आफु रहदाँ देखी विकाश बोर्ड सम्म आईपुग्दा कहिलेपनि चलचित्रक्षेत्रको हित भन्दा बाहिर रहेर आफुले काम नगरेको बताएका छन् । उनले भने मैले केहि दिन अगाडी एक मित्रको फेसबुक हेरेको थिए,त्यहाँ लेखिएको थियो चलचित्र सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरिरहदाँ एक दृश्यमा मोटरसाईकल चलाईरहेका व्यक्तिले हेलमेट लगाएका थिएनन तर सेन्सरका सदस्यहरुले उक्त दृश्यमा मोटरसाईकल चालकले हेलमेट लगाउनु पर्ने भन्दै उक्त दृश्यमा ( WEAR HELMET WHEN RIDING ) जस्तो चिज लेख्न आग्रह गरेको थियो तर एक मित्रले फेसबुक मार्फत ‘देशले जुनै तन्त्र देखेपनि फिल्मले चाही कैले पनि त्यो तन्त्र महसुस गर्न नपाउने भयो ।’ भन्दै लेखेको शब्दले आफुलाई निकै दुख लागेको बताए । उनले भने सेन्सर बोर्डको पनि आफ्नो निति छ । उसले चलचित्र हेर्दा कुन दृश्यमा कस्ता संकेतहरु दिनु पर्छ त्यो सेन्सरलाई थाहा हुन्छ । कुनै दृश्यमा कुनै एक व्यक्तिले चुरोट खाईरहेको छ भने सो दृश्यमा केहि संकेतहरु दिनु पर्छ । जस्तै : ‘धुम्रपान स्वास्थ्यका लागी हानिकार छ’ जस्ता चिजहरुको संकेत दिनु पर्ने विकाश बोर्डका सदस्य सुरेशदर्पणले बताए । कोठा भित्र बसेर एसी चलाउदैं फेसबुकमा स्टाटर्स लेख्दैंमा कोहि पनि ठुलो नहुने बताउदैं पोखरेलले संसार परिवर्तन गर्नु छ भने आफैंबाट यसको सुरुवात हुन आबश्यक रहेको पनि बताए । सरेशदर्पणले यस्तो आक्रेश निर्देशक निश्चल बस्नेतलाई पोखेका थिए ।जिन्दगी रक्सको सेन्सरमा भएका विभिन्न कुराहरुलाई निर्देशक निश्चल बस्नेतले आफ्नो फेसबुकमा सेन्सरप्रति आपत्ति जनाएका थिए । साथैं उनले अब चलचित्र विकाश बोर्डको अध्यक्ष पदमा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईलाई जिताउन सबै चलचित्रकर्मीहरुलाई समेत आग्रह गरे ।

%d bloggers like this: