Thu. Apr 25th, 2024

anup baral

फिटकिरी सिनेमाबाट फिल्म निर्देशकका रूपमा डेब्यू गरेका रगंकर्मी अनुप बरालले दोस्रो सिनेमा निर्देशन गर्ने घोषणा गरेका छन् । आल्प इन्टरटेन्मेन्टले दोस्रो चलचित्र निर्माणको घोषणा गरेको हो । चलचित्रको नाम भने केहि दिन पछाडी मात्र सार्वजनिक गर्ने बताइएको छ । उक्त चलचित्रलाई अनुप बरालले निर्देशन गर्ने छन् । सिनेमाको कथा राजन कठेतले लेखेका हुन। ‘ऋतु’ निर्देशक मनोज अधिकारी र सविन ज्ञवालीले संयूक्तरुपमा निर्माण गर्न लागेको यस सिनेमाका कलाकारहरुको अडिसन काठमान्डौं, धरान र भोजपुरमा गरिनेछ।

1

सिनेमाका लागि ११ वर्षदेखी ५५ वर्ष सम्मका कलाकारले आवेदन दिनसक्ने निर्माणपक्षले जनाएको छ। खबरका अनुसार उक्त चलचित्रमा सम्पुर्ण नयाँ कलाकार रहने छन् ।

%d bloggers like this: