Sat. Apr 20th, 2024

स्वर्गिय चर्चित निर्देशक आलोक नेम्वाङले निर्देशनमा तयार भएको अन्तिम चलचित्र अझै पनिको आज राजधानीमा पत्रकार सम्मेलन गर्दै फष्टलुक पोष्टर र ट्रेलर रिलिज भएको छ । कार्यक्रममा देखाइएको चलचित्र अझै पनिको फष्टलुक र ट्रेलरलाई कार्यक्रममा उपस्थित सबैले तारिफ गरेका थिए ।

Ajai-pani-Nepali-Movie

उक्त कार्यक्रममा बोल्दै चलचित्रकी निर्मात्री पुनम गौतमले चलचित्र अझै पनि अहिलेको समाजलाई सुहाउँदो चलचित्र बनेको दाबी गरेकी छिन् । स्वर्गीय आलोक नेम्वाङले निर्देशन गरेको चलचित्र भएका कारण पनि दर्शकका लागी अझै पनि विषेश चलचित्र बन्दैं गरेको बताउदैं पुनमले अहिलेको अबस्था अझै पनि चलचित्र सुहाउँदो बनेको बताइन ।

1

अहिलेको आधुनिक युगमा नेपाली महिलाहरुले सिन्दर पोते लगाउन विर्सिसकेको बताउदैं निर्मात्री गौतमले एउटी महिलाको लागी बिबाह भएपनि सिन्दुर पोतेको महत्व कस्तो हुन्छ भन्ने पनि चलचित्र अझै पनिले देखाउने बताइन । त्यस्तै चलचित्रका कलाकार तथा निर्माता सुदर्शन थापाले चलचित्र अझै पनि आम दर्शकको लागी बहुप्रतिक्षित चलचित्र रहेको बताए । कार्यक्रममा सम्बोधन गर्न स्टेज उक्लदैं गर्दा उनले कार्यक्रममा अर्को रौनकता पनि थपेका थिए । उनले चलचित्रको एक दृश्यमा नायिका पुजा शर्मालाई बोलेको सम्बाद कार्यक्रममा बोल्दै चलचित्रमा आफ्नो प्रेमिकाको रुपमा देखिएकी पुजा शर्मालाई स्टेजमा समेत बोलाएका थिए ।

2

उनले स्टेजमा पुजालाई बोलाएर आई लब यू समेत भन्न भ्याए । त्यति मात्र होइन सुदर्शनले आई लब यू भन्दै चलचित्रको एक दृश्यमा गरे झै गरेको अभिनय प्रस्तुत गर्दा उनले पुजाको हात समेत चुम्न भ्याए । सोहि क्रममा चलचित्रका निर्माता एवं कलाकार सुदर्शन थापाले चलचित्र अझै पनिसँग एक चलचित्र एकसाथ प्रदर्शनमा आउन लागेको आफैंमा दुख लाग्दो कुरा भएका भन्दै स्वर्गीय आलोक नेम्वाङको अन्तिम चलचित्र भएका कारण पनि यस चलचित्रसँग अरु चलचित्र प्रदर्शन नगर्न पनि निर्माता तथा कलाकार थापाले आग्रह गरे ।

3

त्यस्तै चलचित्रलाई शुभकामना मन्तब्य दिदैं चलचित्र विकाश बोर्डका सदस्य सुरेशदर्पण पोखरेल,चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय,चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई,निर्माता प्रदिप उदय लगायतले चलचित्र अझै पनि सबैका लागी विषेश चलचित्र रहेको बताएका छन् । स्वर्गीय आलोक नेम्वाङको अन्तिम चलचित्र भएका कारण पनि यस चलचित्रलाई सबैले एक पटक हेर्नु पर्ने तर्क राखेका थिए ।

MG_4123

चलचित्रमा सुदर्शन थापा,पुजा शर्मा,सुरक्षा पन्त,मिथिला शर्मा,विजय लामा,विशाल ढुंगाना,पुष्प खड्का,रामेश्वर पाठक लगायतका कलाकारहरुको अभिनय रहेको छ । कार्यक्रममा चलचित्रका कलाकार देखी प्राविधिकहरु समेतको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र अझै पनि फागुन १ गते देशभर प्रदर्शनको तयारीमा रहेको छ।

%d bloggers like this: