Wed. Apr 24th, 2024

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र आभाषले यति बेला आफ्नो प्रचार प्रसारलाई व्यापक रुपमा अगाडी बढाएको छ । युवापुस्तालाई केन्द्रित गर्दै निर्माण गरिएको चलचित्र आभाष यूनिटले आज काठमाडौंका विभिन्न कलेजहरुमा चलचित्रको प्रचार प्रसार गरेको छ ।

aavas 2

मनोरञ्जनसंसार डटकमसँगको कुराकानीमा चलचित्र आभाषका निर्माता गोविन्द शाहीले चलचित्र आभाषका बारेमा आज काठमाडौंमा रहेका विभिन्न कलेजहरुका गएर विद्यार्थिहरलाई जानकारी गराएको बताए । कलेजका विद्यार्थीहरु आभाष हेर्न निकै लालाहित भएका पनि निर्माता गोविन्द शाहीले खुलाएका छन् । कलेजका विद्यार्थीलाई ‘आभाष’को बारेमा जानकारी गराउनका लागी चलचित्रका कलाकार सुनिल रावल,आष्मा डिसी,गोविन्द शाही,सलोन बस्नेत लगायतका कलाकार तथा निर्माताहरु पुगेका थिए ।

aavas 3प्रेममा हुने विछोड र आकर्षणलाई मुख्य केन्द्रविन्दु बनाएर निर्माण भएको चलचित्र आभाषलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आभाषमा निशा अधिकारी,संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, प्रकृति श्रेष्ठ, सुनिल रावल,गोविन्द शाही लगायतका कलाकारहरुको मुख्य अभिनय देख्न सकिन्छ । पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्धन्द्ध,सुरेन्द्र पौडेलको चलचित्रमा सम्पादन रहेको छ ।

aavasयस अघि सार्वजनिक गरिएको टिजर,संगीत,ट्रेलरबाट उत्साहजनक प्रतिक्रिया पाएको आभाष यूनिटले पुष २५ गते दर्शकले चलचित्र आभाषलाई पनि रुचाउने निर्माण पक्षको आशा छ । चलचित्रलाई गोविन्द शाही र दिपक शाहीको लगानी रहेको छ ।

%d bloggers like this: