Fri. Apr 26th, 2024

udaya subba

केहि बर्ष निर्देशनक्षेत्रबाट टाढा रहेका निर्देशक उदय सुब्बाले अब एकसाथ दुई चलचित्र निर्माण गर्ने भएका छन् । उदयले आफ्नो ब्यानर जयश्री बुढासुब्बा फिल्म्स्मार्फत अग्नि र रिफ्युजी नामक दुई चलचित्र निर्माण गर्ने लागेको जानकारी दिएका छन् । अग्निको सुटिङ आउँदो शुक्रबारबाट सुरु हुने बताएका उदयले चलचित्र अग्निमा दिलीप रायमाझी, रमा लिम्बू, भीम केरुङ, राम विक, कुमार सिलवालका र उदय आफैं मुख्य भूमिकामा रहने छन् । भूपेन्द्र लिङ्देनको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र अग्निलाई उदय आफैँले लेखेका हुन् । चलचित्रमा विकाश चौधरीको संगीत रहने छ । त्यस्तै उनले अर्को चलचित्र रिफ्युजीमा जीवन लुइँटेल, रमा लिम्बू, अशोक शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेने बताएका छन् । यि दुवै चलचित्रलाई उदय आफैंले निर्देशन गर्ने छन् । उदयले झापाको एक कार्यक्रमका विच दुईवटा चलचित्रको निर्माण घोषणा समेत गरिसकेको जानकारी दिएका छन् ।

%d bloggers like this: