Fri. Apr 26th, 2024

बलिउडका सुपरस्टार आमिर खान अभिनित प्राय चलचित्रहरुले बलिउड बक्स अफिसमा अरुभन्दा फरक नाम बनाउन सफल हुदैं आएको छ । यस भन्दा अघि ‘धूम ३’ ले ५०० करोडको व्यापार गरेको थियो । त्यससगैं आमिर अभिनित चलचित्र पिके यति बेला प्रदर्शनरत छ । प्रदर्शनमा आउनु भन्दा अगाडी देखीनै विभिन्न कारणले चर्चामा आईरहेको पिकेले प्रदर्शनमा आएको १० दिनमा २०० करोड भन्दा माथिको व्यापार गरिसकेको भारतीयसञ्चार माध्यमहरुले बताएका छन् । १९ डिसेम्बरमा रिलिज भएको आमिर र अनुष्का शर्मा अभिनित पिकेले रिलिज भएको १० दिन पुरा हुँदा २ सय करोड कमाउन सफल भएको हो ।

pk

राजकुमार हिरानीले निर्देशन गरेको यो फिल्मले रिलिज भएको ११ दिन पुग्दा भारतभित्रका हलबाटमात्रै २ सय २८ करोड कमाएको छ । भारत बाहिरसमेतको कमाइको हिसाब गर्दा पिकेको कमाइ तीन करोड भारतीय रुपैयाँ पुगिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दोस्रो हप्ताको अन्तिमसम्ममा पिकेले विश्वभरीका हलबाट ४ सय ३० करोड भारतीय रुपैयाँ कमाउने अनुमान गरेका छन् । पिकेमा आमिरको अभिनयलाई सबैले तारिफ गरेका छन् । कथा औसत भएपनि चलचित्रमा अभिनय गर्ने कलाकारहरुको अभिनय प्रशंसनिय रहेको विश्लेषकहरु बताउँछन् ।

%d bloggers like this: