Wed. Apr 24th, 2024

20130426_144452-1

फोकस फिक्चर्सको व्यानरमा बिरेन्द्र ताम्राकार र प्रेम खड्गीले निर्माण गरेको इतिहासिक चलचित्र किर्तिपुर अब प्रदर्शनको तयारीमा रहेको बताइएको छ । पृथ्वीनारायण शाहले किर्तिपुर माथी बिजयी प्राप्त गर्नु पूर्वको युद्दको कथालाई प्रस्तुत गरिएको चलचित्र किर्तिपुरमा पृथ्वीनारायण शाहको भुमिकामा नायक यशराज गरच देखिएका छन् । प्रदीप खड्गीले निर्देशनमा तयार भएको चलचित्र किर्तिपुर अब चाडैं प्रदर्शनमा ल्याइने निर्देशक खड्गीले जानकारी दिएका छन् । हिसिला महर्जन, मनि लावत, मदनदाश श्रेष्ठ, अञ्जला नकर्मी लगायतले चलचित्रमा अभिनय गरेका छन् । चलचित्र किर्तिपुर हेरेपछि दर्शकले किर्तिपुर माथी बिजयी प्राप्त गर्नु पूर्वको युद्दको कथालाई दर्शकले नजिकबाट हेर्न सक्ने निर्माणयूनिटले बताएको छ ।

%d bloggers like this: