Tue. Apr 23rd, 2024

अखिल नेपाल चलचित्रकर्मी संगको आयोजनामा रोल्पा सदरमुकाम लिवाङमा ‘अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०७१’ हुने भएको छ । नेपाली चलचित्रकर्मीहरुको सिप, क्षमता र अनुभवलाई सम्बृद्ध गर्ने तथा नयाँ फिल्म आन्दोलन मार्फत नेपाली फिल्मको रुपान्तरणको लागी अन्तर्राष्ट्रिय स्तरको कार्यशाला गर्न लागेको हो । भारत तथा ईजिप्ट लगायतका देशका सिनेकर्मीले प्रशिक्षण दिने कार्यशाला आगामी माघ २२ देखी फागुन १ गतेसम्म चल्ने संघले जानकारी गराएको छ ।

KP-PATHAK-ND-tulasi-ghimire-nd-dhurba-lamsal

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा कार्यशालाको लागी भारतबाट फिल्म लेखक तथा समिक्षक, निर्देशक शेखर दास र ईजिप्टका फिल्म लेखक, समिक्षक तथा सम्पादक प्राध्यापक सफा एलाएसी हगाग आउने निश्चित भईसकेको जानकारी दिए । छिमेकी देश चीन र अर्को मित्र राष्ट्र क्युवाबाट पनि केहि सिनेकर्मी प्रशिक्षणको लागी ल्याउन गरिएको पहल अन्तिम चरणमा पुगेको पनि अध्यक्ष पाठकले जानकारी दिए । कार्यशालामा ५० जना फिल्मकर्मी,१० जना फिल्म बिधामा कलम चलाईरहेका पत्रकारहरुको पनि सहभागिता रहने बताईएको छ । पौष १५ बाट आवेदन फारम खुल्ने संघका उपाध्यक्ष तथा उत्पादक तथा निर्देशक विभाग संयोजक एमएस अग्रजले बताए ।

%d bloggers like this: