Thu. Apr 25th, 2024

हिमाल सगर अर्थात उनको यर्थाथ नाम (हिमाल गौतम) यति बेलाका व्यस्त गायक पनि ! जो लाखौं दर्शक,स्रोताको मुटुमा बास गरेका छन् । हिमाल सागरले आफ्नो गायन प्रतिभाको सुरुवात २०५९ बाट गरेका थिए । पहिलो एल्बम ‘रिलेसन’बाट ‘न मैले लेखे न उनले लेखिन’ बोलको गीतले हिमाललाई दर्शक,स्रोता माझ चिनाउन निकै ठुलो मद्दत पुग्यो । त्यसपछि सकेन एल्बम बजारमा ल्याएका हिमालले त्यसपछि भने उनले पछाडी फर्केर हेर्नु परेन ।

himal sagar

यसरी एकपछि अर्को गदैं सफलताको शिखर चुम्र्दै गएको हिमाल सागर अहिलका चर्चित गायकका रुपमा चिनिन्छन् । अब हिमालले छैटो एल्बम ‘फूली’ लिएर दर्शक,स्रोता माझ आएका छन् । यस एल्बममा समाबेश गीतहरुलाई पनि दर्शक,स्रोताले मन पराउनेमा हिमाल विस्वस्त देखिएका छन् । नेपालका विभिन्न कन्सर्ट देखी विदेशका विभिन्न शहरहरुमा आफ्नो भब्य प्रस्तुती दिइसकेका हिमालको मुल घर भने झापा बनियानीमा पर्छ । हाल सम्म हिमालले १५० भन्दा बढि गीतहरुमा स्वर दिईसकेका छन् ।

%d bloggers like this: