Fri. Mar 29th, 2024

रियल जोडी अर्थात पर्दामा देखिने प्रेम जोडी मात्र होइन वास्तविक प्रेममा परेका प्रेमजोडी ठुलो पर्दा अर्थात चलचित्रमा पनि प्रेमजोडीको रुपमा देख्दा प्राय सबैलाई अचम्म र आश्चर्य लाग्न सक्छ । हो पुष १८ गते यहि रियल प्रेमजोडी ठुलो पर्दामा देखिने भएका छन् । ‘जिन्दगी रक्स’नामक चलचित्रमा अकेषा बिष्ट, सौरमराज तुलाधर प्रेमजोडीमा रुपमा देखिएका छन् भने यि जोडी वास्तबिक प्रेमजोडी नै रहेका यति बेला खबर सार्वजनिक भएको छ । पहिलो चलचित्रबाट आफ्नो भाग्य चम्काउन खोजेका यि जोडीको यो पहिलो चलचित्र पनि हो ।

jindagi

म्युजिक भिडियोमा यस भन्दा अघि धेरैपटक मुहार देखाइसकेका यि जोडी पहिलो पटक ठुलो पर्दामा देखिदैंछन् । युवाबर्गलाई लक्षित गेर निर्माण भएको चलचित्र जिन्दगी रक्सले यति बेला आफ्नो प्रचार प्रसार धमकेदार रुपमा अगाडी बढाईरहेको छ । पूर्वका विभिन्न स्थानमा चलचित्रको प्रचार प्रसार गर्दै पोखरा आईपुगेको जिन्दगी रक्स यूनिटले युवा बर्गलाई हलसम्म तान्ने धोको राखेको छ । निकेश खड्काको डेब्यू निर्देशन रहेको फिल्ममा सौरमराज तुलाधर, अकेशा विष्ट, सोनाम पाख्रिन, प्रकृति श्रैष्ठ,ऋचा शर्मा, मकान राई लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । हरि हुँमागाईले खिचको फिल्मलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

%d bloggers like this: