Fri. Apr 26th, 2024

बलिउडस्टार आमिर खान यति बेला चलचित्र पिकेका कारण चर्चा र बिबादमा छन् । प्रदर्शनमा आउनु भन्दा अगावै चलचित्र पिकेको पोष्टरले नै बिबाद कमाएको थियो । चलचित्र पिकेमा आमिर खानले हिन्दुको भावनामाथि ठेस पुर्‍याए आरोप लगाउदैं यति बेला अदालतमा मुद्धा समेत दायर भईसकेको छ । विभिन्न धर्मालम्वीहरुले आमिरलाई सामाजिक बहिष्कार गर्ने घोषणा गरे सगैं बाबा रामदेवले समेत आमिर खानलाई पक्राउ गर्न माग गरेका छन्।

aamirpk2

गत शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको राजकुमार हिरानीको फिल्म पीकेले हिन्दुको भावनामाथि ठेस पुर्‍याए आरोप बाबा रामदेवले लगाएका छन्। फिल्मले धर्ममाथि ब्यङ्ग्य गरेको भन्दै हिन्दु मात्र नभएर मुस्लिम धर्मगुरुले समेत यो चलचित्रमा प्रतिबन्ध लगाउन माग गरिसकेका छन्। हिन्दुको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै उनीहरुले यस्तो माग गरेका हुन्। आमिर खानले रक्सीको बोत्तल लिएर मन्दिरमा गएको भन्दै आपत्ती जनाएक छन्।

%d bloggers like this: