Fri. Apr 26th, 2024

म्यारोन मुभिज एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा भएको चलचित्र ‘एउटै’ को आइतबार बागबजारस्थित सिटिम्याक्स हलमा विशेष प्रदर्शन गरिएको छ । चलचित्रकर्मी,पत्रकार लगायतको बाक्लो उपस्थितिमा चलचित्र ‘एउटै’को विषेश शो गरिएको थियो । देव नेपालको लेखन निर्देशनमा तयार यो फिल्ममा सुदूरपश्चिमको चौधरी समुदायमा रहेको कमलरी प्रथालाई चित्रण गरिएको छ । रामकुमार अधिकारी, सपना केसी, सन्ध्या पौडेल, राम बुढाथोकी, विजय चौधरीको लगायतका कलाकाहरुले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रले नेपाल सबै धर्म, जाति, सँस्कृतिको एउटै फूलबारी हो भन्ने सन्देश दि खोजेको छ । चलचित्र ‘एउटै’ लाई अब जनपुर र हैटौँडामा विशेष प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । रामकुमार अधिकारीले चलचित्रमा लगानी गरेका हुन् ।

%d bloggers like this: