Thu. Mar 28th, 2024

माघ २३ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र लोग्ने मान्छेको अडियो बिमोचन गरिएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र लोग्ने मान्छेको अडियो बिमोचन गरिएको हो । कार्यक्रममा नायिका नन्दिता केसी,लक्ष्मी गिरी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दैं नायिका नन्दिता केसीले चलचित्र लोग्ने मान्छे आफ्नो लागी विषेश चलचित्र रहेको बताएकी छिन् । केहि बर्षपछिको आरामपछि आफु पुन चलचित्रमा देखिन लागेको बताउदैं नन्दिता केसीले आफु चलचित्रमा नायक दिलिप रायमाझिको श्रीमतीको रुपमा देखिएको पनि खुलाएकी छिन् । त्यस्तै कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक लय संग्रौलाले आफुले चलचित्रलाई कतैबाट पनि कमजोर हुन नदिएको दाबी गरेका छन् ।

dilip and nandita

यस भन्दा अघि चलचित्र लोग्ने मान्छेको पत्रकार सम्मेलनमा चलचित्र लोग्ने मान्छे नचले कालिमाटीमा तरकारी बेच्ने उद्घोष गरेका निर्देशक लय संग्रौलाले चलचित्र लाग्ने मान्छे एकपटक हेरिदिन आग्रह समेत गरेका छन् । चलचित्रमा दीलिप रायमाझी, नन्दिता केसी, नीक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, धु्रव कोइराला, संगीत लिम्बु, अन्जु थापा, विमला गिरी, रिषमा थापा, लय संग्रौला लगायतका कलाकारको अभिनय छ । उत्तम केसी परिकल्पनाकार रहेको चलचित्र लोग्ने मान्छेमा कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, बनिश शाहको सम्पादन रहेको छ । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय,निर्देशक दिनेश डिसी,चलचित्र विकाश बोर्डका अध्यक्ष सुरेश दर्पण पोखरेल लगायतले चलचित्रलाई शुभकामना दिएका थिए ।

%d bloggers like this: