Sat. Oct 26th, 2024

दिपेन्द्र के खनालले निर्देशन र रोजिता सिटौला, सिता श्रेष्ठ र रजना नापितको निर्माणमा अब चलचित्र पशुपति प्रसाद निर्माण गर्ने भएका छन् । चलचित्रका कार्यकारी निर्माताको रुपमा रविन्द्र सिंह बाँनिया रहने छन् । खगेन्द्र लामिछानेको कथा लेखन रहने चलचित्रमा खगेन्द्र लामिछाने, विपिन कार्की तथा रविन्द्र सिंह बाँनिया लगायतका कलाकारहरुको मुख्य भुमिका रहने छ ।

pasupati-prasad

चलचित्रका लागी नायिकाको छनोट केहि दिन भित्रमा नै गर्ने निर्देशक दिपेन्द्र के खनालले बताए । सामाजिक कथा बस्तुमा आधारित भएर निर्माण हुन लागेको चलचित्र पशुपति प्रसादको छायांकन भने फगुनको पहिलो साताबाट सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ ।