Fri. Apr 19th, 2024

हिम्मतवालीको अपार सफलतापछि चलचित्र तथास्तुमा देखिन लागेकी नायिका रेखा थापाले चलचित्र तथास्तु आफ्नो लागी विषेश रहेको बताएकी छिन् । शनिबार चक्रपथस्थित रेड किन्डल स्टुडियोमा आयोजिक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नायिका रेखा थापाले चलचित्र तथास्तुले कुनै पनि व्यक्तिले अन्याय सहन नहुने कथा बोकेको खुलाएकी छिन् । त्यहि क्रममा नायिका रेखाले आफ्नो अगामी चलचित्र रामप्यारीको निर्देशनको जिम्मा तथास्तुका निर्देशक सविर श्रेष्ठलाई दिएकी छिन् । यस भन्दा अघि आफैंले चलचित्र रामप्यारी निर्देशन गर्ने भनेर घोषणा समेत गरिसकेकी नायिका रेखा थापाले अब रामप्यारीको निर्देशनको जिम्मा सविर श्रेष्ठलाई दिएकी छिन् । उक्त पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका कलाकार सुवास थापाले चलचित्र तथास्तु आफ्ना लागी विषेश चलचित्र रहेको बताए । साथैं उनले रेखाको प्रशंसा गर्न पनि पछि परेनन् । सुवास भने, ‘रेखा थापा पर्दामा मात्रै होइन पर्दा बाहिर पनि हिरो हुनुहुन्छ ।’

rekha

‘पर्दामा जो पनि हिरो बन्न सक्ला तर, पर्दा बाहिर पनि हिरो बन्न सजिलो छैन । रेखा जी पर्दा र पर्दा बाहिर दुवै ठाउँको हिरो हुनुहुन्छ ।’ सुवासले खुलेरै रेखाको प्रशंसा गरे । त्यहि क्रममा निर्देशक सविर श्रेष्ठले चलचित्र तथास्तुलाई आफुले उत्कृष्ट चलचित्र बनाउने प्रसार गरेको बताउदैं चलचित्रले दर्शक तान्न सफल हुने पनि बताए । रामहरी धितालले निर्माण गरेको चलचित्रमा रेखा थापाको शिर्ष भूमिका रहेको चलचित्रको यस अघि सार्वजनिक चलचित्रको ‘कहिले माया स्याड फेस‘ बोलको गीतले अहिले बजारमा राम्रै चर्चा पाउन सफल भएको छ । चलचित्रमा रेखाका अलावा किशोर खतिवडा, सुवास थापा,विज्ञान जोशी लगायत कलाकारको मुख्य अभिनय रहेको छ । चलचित्रमा रोशन श्रेष्ठको द्धन्द्ध ,रामजी लामिछाने र कविराज गहतराजको नृत्य,बसन्त सापकोटाको संगीत रहने चलचित्र “तथास्तु’छायांकन बाबु श्रेष्ठ र स्क्रिप्ट जगदिश्वेर थापाको रहेको छ । तथास्तु’का निर्माता पनि स्वयम् निर्देशक श्रेष्ठ नै हुन् ।

%d bloggers like this: