Fri. Apr 26th, 2024

sambodhan
होस्टेल र जेरी जस्ता सुपरहिट फिल्म निर्देशन गरेका निर्देशक हेमराज बिसीले निर्देशन गरेको चलचित्र सम्बोधनको नयाँ पोष्टर र ट्रेलर रिलिज भएको छ । श्रीकृष्ण श्रेष्ठको निधनमा श्रद्धाञ्जली देखाउँदै भदौ ६ बाट प्रदर्शन मिति सरेको चलचित्र सम्बोधन अब अर्को महिना अर्थात माघ १६ गते देशभर प्रदर्शनमा आउने भएको छ । भ्रष्टाचारको कथालाई उठान गरिएको यो चलचित्रमा दयाहाङ राई, प्रशान्त ताम्रकार र विनय भट्टका साथ नम्रता श्रेष्ठलाई मुख्य भूमिकामा रहेका छन् । चलचित्र सम्बोधनलाई सरोज न्यौपाने र बिष्णु लामाले मिलेर लगानी गरेका छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=xEEDMgf7Ul4

%d bloggers like this: