Wed. Apr 24th, 2024

पुस १९ गते काठमाडौंमा हुने मिस नर्स नेपालको ट्यालेन्ट शो सम्पन्न भएको छ । काठमाडौंको तिनकुने स्थित ग्रीन पार्टी भेन्यू मा भएको ट्यालेन्ट शोमा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, वक्तृत्वकला लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए । प्रतियोगिताको विजेताको घोषणा अन्तिम प्रतियोगिताको दिन पुस १९ गते गरिने आयोजक नेक्स्ट मोडल्स जानकारी दिएको छ । ट्यालेन्ट शोका निर्णायकहरुमा डा.सुभाष प्याकुरेल, गायक कोशिष क्षेत्री, मोडेलिङ संघको अध्यक्ष दिनेश शाही, नृत्य निर्देशक दिर्पेन्द्र थापा र फेसन कोरियोग्राफर चादनी लामिछाने थिए ।

miss

प्रंतियोगिताका निर्णायक डा.सुभाष प्याकुरेलले नर्सिङ पेशामा संलग्नहरुले देखाएको यो प्रतिभाले उनीहरु हरेक क्षेत्रमा सक्षम रहेको पुष्टि भएको बताए । प्रतियोगिताका कोरियोग्राफरले प्रतियोगीहरुले मिहिनेताका साथ तयारी गरिरहेको जानकारी दिए । प्रतियोगीहरुलाई आयोजक नेक्स्ट मोडल्सले व्यक्तित्व विकास, ब्यूटी टिप्स, फिटनेस, करिअर काउन्सिलिङ लगायत तालिम दिइरहेको छ ।

%d bloggers like this: