Thu. Mar 28th, 2024

raaz-3-hot-bipasha_600x450

विपासा बसु आफ्नो आगामी फिल्म ‘एलोन’मा एकदमै विन्दास नजर आउँदैछिन् । फिल्मको चर्चित गीत ‘कतरा कतरा’मा उनले आफ्नो अलग अन्दाजमा दर्शकहरुको होस् उडाउन लागेकी हुन् । बलिउडमा फिटनेसको ‘पोस्टर गर्ल’को रुपमा चिनिने विपासा हरेक फिल्ममा फिट नै देखिन्छिन्, तर एलोनमा थप पर्फेक्ट देखिएकी छिन् । यसैक्रममा विपासाले आफ्नो सेक्सी फिगरको राज खुलाएकी छिन् । आफ्नो फिटनेसको मुख्य राज हाइ प्रोटिन डाइट भएको उनले बताइन् । साथै उनले नुनको प्रयोग बिलकुल बन्द गरेको पनि खुलासा गरिन् । विपासाले भनिन्, ‘हजुर यो कुरा सही हो । म आफ्नो स्वास्थ्यको सवालमा हमेशा सतर्क रहन्छु । फिटनेसको सवालमा कहिले पनि कुनै लापरबाही गर्दिन् । कतराको सूटिङका लागि मैले लामो समयदेखि हाइ प्रोटिन डाइट लिन थालेको थिएँ, त्यसैको नतिजा तपाईंहरु अहिले देख्दै हुनुहुन्छ ।’

%d bloggers like this: