Fri. Apr 26th, 2024

बलिउड सुपरस्टार सलमान खान आजबाट ४८ बर्ष पुरा गरि ४९ बर्षमा प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा सलमान खानले गएराती एक पार्टीको समेत आयोजना गरेका थिए भने आज उनले आफ्नो घरमा जन्मदिनको विषश कार्यक्रमको आयोजना गरेका छन् । विहानै देखी सलमानलाई जन्मदिनको शुभकामना दिन बलिउडका चर्चित कलाकारहरु देखी उनका फ्यानहरुको ओहिरो लागेको छ । उनलाई आज विहान मात्रै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत जन्मदिनको शुभकामना दिएका थिए । सलमानले केहि दिनका लागी विग बोसबाट पनि छुट्टी पाएका छन् । सलमानको सट्ट्मा कपिलले बिग बोस सञ्चालन गर्नेछन् । वर्ष सन् १९८८ मा फिल्म ‘बीवी हो तो ऐसी’बाट बलिउड करियर सुरु गरेका सलमान यतिबेला सफलताको शिखरमा छन् ।

salmankhan

सन् १९६५ को डिसेम्बर २७ तारिखका दिन मध्यप्रदेशको इन्दोरमा जन्मिएका सलमान ‘मैने प्यार किया’बाट चर्चित भएका थिए । पछिल्लो समय ‘१०० करोड’ माथिका अभिनेतामा दरिएका उनका‘वान्टेड’,‘दबंग’, ‘दबंग–२’ र ‘एक था टाइगर’ले बलिउड बक्स अफिसमा १०० करोड भारु माथिको कारोबार गरेको छ । यस बाहेक सलमानले ‘साजन’, ‘हम आपके हे कौन’, ‘तेरे नाम’, ‘हम दिल दे चुके सनम’ लगायतका फिल्ममा दमदार अभिनय गरेका छन् । टिभी कार्यक्रममा पनि छाएका सलमानलाई सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताको रुपमा समेत लिइन्छ । रियालिटी शो ‘दसका दम’ र ‘बिग बोस’बाट टिभीमा पनि बलियो छाप छोडेका सलमान बेला–बेलामा अनेक कारणले विवादमा समेत तानिने गरेका छन् ।

%d bloggers like this: