Wed. Apr 24th, 2024

जी.यस.मुभि मेकर्स प्रालिको व्यानरमा निर्मित चलचित्र गोरेको छायाँकन सकिएको छ । चलचित्र गोरेमा गाउँको गोरे अर्थात् दिलीप रायमाझी आफ्नी प्रेमिकाको खोजीमा सहर पुग्दा बाध्यात्मक परिस्थितिमा आफुलाई सहरसँगै बदल्नु पर्दाको सङ्घर्षमय कथालाई चलचित्रले मुख्य विषयवस्तु बनाएको छ ।

14122623unnamed (1)

सूर्य जिसी निर्माता रहेको गोरेमा दिलीप रायमाझी, अनु शाह, गुनु घर्ती, ममता शर्मा, माधव पण्डित, सञ्चिता सत्याल, सूर्य जिसि लगायत नव प्रस्तुतीमा राकेश कुमार र अभिषेक गिरी रहेको छ । रामेश कुमार राईको निर्देशन रहको गोरेमा विकास चौधरीको सङ्गीत, बब्बु थापाको नृत्य र प्रदीप खड्काको द्वन्द्व रहने छ । गोरे सस्पेन एक्सन थ्रिलर चलचित्र रहेको निर्देशक रामेश कुमार राईले जानकारी दिएका छन् ।

%d bloggers like this: