Tue. Apr 23rd, 2024

शारीरिक अशक्ततालाई पन्छाउँदै साहित्यको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल झमक घिमिरेलाई अब चलचित्रमा देख्न पाइने भएको छ । ‘जीवन काँडा कि फूल’ नामक आत्मकथामा आधारित फिल्ममा उनलाई हेर्न पाइने भएको हो । जागृत फिल्मस् प्रा.लि.का विनोद विष्टले फिल्म निर्माण गर्न लागेका हुन् । फिल्म निर्माणको लागि साहित्यकार झमकसँग स्विकृति समेत लिइसकेको छ ।

jhamak

यतिबेला झमकको दुई बहिनीको भूमिकामा अभिनय गर्ने कलाकारको खोजी भैरहेको छ । कलाकार र प्राविधिक पक्का भएपछि मौसम प्रतिकुल भए आउँदो फागुनबाट फिल्मको छायाँकन समेत थालिने छ । झमक जन्मदै बोल्न, हिड्न र उभिन सक्तिनन् तरमानसिक एवं शारीरिक अशत्तताका बावजुद पनि झमकले देब्रे खुट्टाको तीन औंलाले २०५५ सालमा ‘संकल्प’ नामक कविता संग्रह प्रकाशनमा ल्याएकी थिइन् । मदन पुरस्कार प्राप्त ‘जीवन काँडा कि फूल’ सहित झमकका एक दर्जन बढी कृति प्रकाशनमा आइसकेका छन् ।

%d bloggers like this: