Thu. Mar 28th, 2024

1107-MaheshBhatt-E-L

बलिउडका चर्चित निर्माता–निर्देशक महेश भट्टले हालै निर्मित फिल्म ‘खामोशिया–साइलेंस हैव सीक्रेटस्’ को पोष्टर कुनै पनि सार्वजनिक स्थान र विद्यालय, अस्पतालका पर्खालहरुमा आफ्नो सिनेमाको पोष्टर नटास्ने घोषणा गरेका छन् । उनको भनाईअनुसार यसले केवल मुम्बई फिल्म इण्डष्ट्रि मात्रै नभएर पूरै देशलाई स्वच्छ र सफा राख्न मद्दत गर्छ, र यो मेरो कदमले अरुलाई पनि यस्तो गर्न प्रेरणा मिलोस् भन्दै भट्टले घोषणा गरेका हुन् । आगामी सिनेमाको पनि कुनै पनि पोष्टर र होर्डिङबोर्डहरू सरकारी कार्यालयका साथै सार्वजनिक स्थलमा नटाँस्ने घोषणा गर्दै यसबाट हुने क्षतिलाई म खासै महत्व दिन्न भनेर अन्य फिल्म निर्माताहरुसँग यसरी तपाईहरुका सिनेमाको पोष्टर पम्पिलिट नटाँस्न पनि अपिल गरेका छन् ।

%d bloggers like this: