Fri. Sep 30th, 2022

नेपाली हाँस्यक्षेत्रमा लामो समय देखी क्रियाशिल कलाकार बिल्सन बिक्रम राई (तक्मे बुढा)ले अब फिल्म निर्माण गर्ने भएका छन् । निकेश लिम्बुसँग मिलेर तक्मे बुढाले फिल्म निर्माण गर्न लागेका हुन् । ‘रातो घर’ नामक फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गर्दैछन । यहि आईतबारबाट छायांकनमा जान लागेको चलचित्र रातो घर माङ हिम फिल्मस र तक्मे प्रोडक्सनको ब्यानरमा बन्न निर्माण हुन लागेको हो ।

rato-ghar

फिल्ममा तक्मे बुढा स्वयम मुख्य कलाकार हुनेछन । उनीसहित गौरव पहाडी, संयम पुरी, माला लिम्बु, जितेन तामाङ, बिकेश श्रेष्ठ, मेनुका प्रधान, उपासना लिम्बु फिल्ममा अन्य कलाकारहरु हुन । निर्देशक नाल्बोकै लेखन रहेको फिल्मलाई हरि लामाले खिच्नेछन । कमेडी, एक्सन र थ्रीलर फिल्म रातो घरको छयांकन सेड्युल एक महिनाको हुनेछ ।