Tue. Apr 23rd, 2024

ranveer and dipika

बलिउडका एकजोडी अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणबीर सिहंको प्रेम सम्बन्धले बेला बेलामा बलिउड तातिरहेको हुन्छ । त्यहि क्रममा अब यि जोडीले न्यू ईयर सगैं मनाउने भएका छन् । दीपिकाले क्रिसमस घरपरिवारसँग मनाएपनि उनले न्यू ईयर भने रणबीरसँग मनाउने भएकी छिन् । २७ डिसेम्बर देखी ५ जनवरी सम्म यि जोडीले कुनै पनि चलचित्रको शूटिंग नगर्ने भारतीय सचारमाध्यमहरुले जनाएका छन् । यि जोडीले मालदीवको कुनै एक सुन्दर शहरमा न्यू ईयर मनाउने बताइएको छ । यि जोडी बेला बेलामा समय निकालेर विदेशका विभिन्न ठाँउहरुमा घुम्न समेत निस्किरहन्छन् । यस भन्दा अघि दीपिकाले बार्सिलोना मा चलिरहेको रणबीर अभिनित चलचित्र दिल धड़कने दो को शूटिंगमा गएर दीपिकाले रणबीरलाई सरप्राइज समेत दिएकी थिइन । यि जोडी चाडैं बैबाहिक जीवनमा समेत बाधिने तयारीमा छन् ।

%d bloggers like this: