Sat. Apr 20th, 2024

नेपालबाट सोलो रिलिजको मौका पाएको चलचित्र विधवाले आजबाट अलनेपाल प्रदर्शन सुरु गरेको छ । दीलिप रायमाझी, सोनु घिमिरे, मनोज श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको चलचित्रले श्रीमानको मृत्य पछि एउटी विधवा महिलालाई समाजले गर्ने हेलालाई चलचित्रले देखाउन खोजेको छ । चलचित्रमा कथा मन बहादुर घिमिरेको, गीत शंकर अधिकारी र प्रकाश लाल श्रेष्ठको, संगीत विकास चौधरीको, नृत्य विवेक थापाको, द्वन्द्व हिमाल केसीको, छायांकन दिपक परियारको, सम्पादन अभिषेक पौडेलको रहेको छ । चलचित्रमा गिरिप्रसाद सुनारको लगानी रहेको छ भने मनोज श्रेष्ठले चलचित्रलाई निर्देशन गरेका हुन् । करिब ४० वटा भन्दा बढिहलहरुमा एकसाथ प्रदर्शन हुन लागेको चलचित्र विधवाले दर्शकको मन सजिलै जित्न सक्ने निर्माणपक्षले विश्वास बोकेको छ ।

movie

त्यस्तै आजबाट तामिल फिल्म लिंगाले पनि नेपालमा प्रदर्शन सुरु गरेको छ । साउथ इण्डियन सुपरस्टार रजनीकान्तले धमकेदार एक्शन र रोमान्सले भरिएको चलचित्र लिंगा आजबाट नेपालमा प्रदर्शन भएको छ । दर्शना आट्सले नेपालमा वितरण गरेको चलचित्र लिंगाले बलिउड स्टार आमिर खान अभिनित चलचित्र पिकेलाई समेत धक्का दिने बताइएको छ । लिंगाले प्रदर्शनमा आएको ३ दिनमा भारतका विभिन्न प्रान्तहरुबाट करिब १०० करोड भन्दा माथिको व्यापार गरेको थियो । लिंगामा बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको साथमा साउथ चर्चित अभिनेत्री अनुष्का सेट्टीको पनि अभिनय छ । फिल्मलाई के एस रविकुमारले निर्देशन गरेका हुन् ।

%d bloggers like this: