Thu. Apr 25th, 2024

नेकपा एमालेका नेता मदन भण्डारी र जिबराज आश्रितको कथामा निर्माण भएको चलचित्र दासढुंगा निर्माण गरेर खल्ती रित्तो बनाएका निर्माता अपिल बिष्ट अब चलचित्र निर्देशन गर्ने भएका छन् । झुम्की नामक चलचित्र निर्देशन गर्न लागेका उनले चलचित्र झुम्की सोसल ड्रामामा आधारित रहेको बताएका छन् । पौष, फागुन र भाद्र गरि ३ सेड्युलमा छायांकन हुने झुम्कीलाई राम बाबु गुरुङले लेखेका हुन् ।

daya

फिल्मको छायांकन दाङ, लमही, नारायणघाट, बुटवल तथा काठमाडौं लगायतका स्थानमा हुने निर्देशक विष्टले बताए । हाल चलचित्रको केहि दृश्यको छायांकन भैरहेको छ । अपिल बिष्ट फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा दायाहाङ राई, मनोज आरसी, रिश्मा गुरुङ, भोलाराज सापकोटा, प्रमोद अग्रहरी लगायतको अभिनय रहनेछ । शैलेन्द्र ध्वज कार्कीले खिच्ने यस फिल्ममा विजय बिराज बिष्ट र सरिता केसीको पनि लगानी रहने छ ।

%d bloggers like this: