Thu. Apr 25th, 2024

सन् १९९३ मा मुम्बईमा भएको बम विष्फोटमा गैरकानुनी रुपमा घरमा बन्दुक राखेको अभियोगमा भारतीय अदालतले चार वर्षको जेल सजाय सुनाएका बलिउड अभिनेता सञ्जय दत्तलाई जेल प्रशासनले १४ दिनको अस्थायी छुट्टी दिएको छ । अब उनी १४ दिन सम्म जेलबाट बाहिर रहनेछन् । जेल प्रशासनलाई आफुले अभिनय गरेको चलचित्र पिकेको प्रमोशनका लागी उनले १४ दिनको छुट्टी मागेका थिए र जेल प्रशासनले उनलाई १४ दिनमो छुट्टीको व्यबस्था मिलाएको थियो ।

sanjay-100

सञ्जयले यसपालीको नयाँ वर्ष परिवारका सदस्यहरुसँगै मनाउने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी हिजो जेलबाट १४ दिनको छुट्टीपछि उनले आफ्ना फ्यान,घरपरिवार लगायतसँग भेटघाट गरेका थिए । उनले जेलमा बनाएको सिक्सप्याक पनि आफ्ना फ्यानहरुलाई देखाएका थिए । बेला बेलामा उनले जेल प्रशासनबाट अस्थिाई छुट्टी पाउदैं आएका छन् । उनले उक्त अस्थिाई छुट्टीलाई उनले फिल्म सुटिङका लागिसमेत उपयोग गदैं आएका छन् ।

%d bloggers like this: