Thu. Apr 18th, 2024

1507817_703113423136770_4369407002074929273_n

नेपाली मोडल आस्था पोखरेलले भारतीय सुपरमोडल हन्ट ‘किंगफिसर सुपरमोडेल २’ को उपाधी जितेकी छन् । प्रतियोगिताको अन्तिम चरणमा उनले नौँ प्रतियोगिलाई पछि पार्दै उपाधी हात पार्न सफल भएकी हुन् । काठमाडौंकी १९ वर्षीय आस्था विजेता भएसंगै भारतको प्रसिद्घ उधोगपति विजय माल्याको यूनाइटेड ब्रुअरीले प्रकाशन गर्ने सन् २०१५ को क्यालेन्डरमा देखिने छिन्। ब्रुअरी भारतको मोडलिङ क्षेत्रमा निकै प्रतिष्ठित मानिन्छ । यसअघि क्यालेन्डरमा देखिएका थुप्रैले बलिउडमा आफ्नो स्थान बनाइसकेका छन् । क्याटरिना क्याफ, दिपिका पादुकोण, लिजा हेडन, याना गुप्ता, उज्जवल राउत आदि यसमध्य पर्दछन् । विजयी बनेपछि गत आइतबार फेसबुकमा स्टाटस लेख्दैं आस्थाले आफू ‘किंगफिसर सुपरमोडेल २’को विजेता हुन पाउँदा निकै खुशी लागेको उनले व्यक्त गरेकी छिन्।

%d bloggers like this: