Thu. Apr 25th, 2024

केहि दिन अगाडी मात्र स्वर्गिय श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनूर’ पाइरेसीको शिकार भएको थियो । निर्माण कम्पनी नेपा मुभिजको उजुरीपछि अर्कै नामबाट अपलोड गरिएको ‘कोहिनूर’ लाई मंगलबार उक्त साइटबाट हटाइएको वुधबार राजधानीमा पत्रकार सममेलन गदैं नेपा मुभिजले जानकारी दिएको छ । पत्रकार सममेलनमा बोल्दै चलचित्रका निर्माता चन्द्र प्रसाद श्रेष्ठले ‘कोहिनूर’ पाइरेसीप्रति दुःख व्यक्त गर्दै भने– ‘स्व.श्रीकृष्णको फिल्मलाई सबैले हेरुन् भन्ने हाम्रो चाहना हो । जतिले हेर्नुभयो उहाँहरुलाई धन्यावाद । तर आफुसँग भएको फिल्मलाई पुनः अपलोड नगर्न अनुरोध गर्दछु ।’ निर्माता श्रेष्ठले पाइरेसी गर्नेलाई कानुन बमोजिम कारबाहिको माग गरिने समेत बताए । उनले भने–‘पाइरेसी गर्ने को हो ? पत्ता लगाउने प्रक्रिया भैरहेको छ ।

kohinoor

त्यस्तै ‘कोहिनूर’ निर्देशक आकाश अधिकारीले भने कुनै पनि फिल्मको पाइरेसी हुनु सिङ्गो नेपाली फिल्म क्षेत्रको लागि घाटा रहेको बताए । निर्देशक अधिकारीले भने, ‘कुनै पनि फिल्मको पाइरेसी हुनु भनेको सिङ्गो नेपाली फिल्मलाई घाटा हुनु हो । स्व.श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म भएका कारण ‘कोहिनूर’ को विश्वभर रहेका नेपाली माझ चासो छ । यो फिल्मको विश्वका करिब एक दर्जन मुलुकमा पहिलो चरणको प्रदर्शन पश्चात् दोश्रो चरणको प्रदर्शनको क्रममा छ । स्व.श्रीकृष्ण र पत्नी अभिनेत्री श्वेता खड्काको मुख्य भूमिका रहेको ‘कोहिनूर’ ले नेपालमा अत्याधिक दर्शकको मन जित्न सफल भएको थियो भने व्यापार पनि ऐतिहासिक गरेको थियो । चलचित्रले नेपालमा मात्र करिब ११ करोडको व्यापार गरेको थियो । यति बेला कोहिनूर विदेशका विभिन्न ठाँउहरुमा प्रदर्शन भईरहेको छ ।

%d bloggers like this: