Tue. Apr 23rd, 2024

नेपालीसिनेनगरिमा चलचित्र निर्माण गर्ने क्रम व्यापक रुपमा बढिरहेको छ । एकपछि अर्के गदैं व्यबसायिहरुको चलचित्र निर्माण क्षेत्रमा आकर्षण बढ्दै गएकाले उनीहरुलाई यसबारेमा थप जानकारी दिन र अन्य नव प्रवेशी निर्माता,निर्देशकहरुलाई पनि आर्कषण गर्दै परामर्श कक्षा सञ्चालनमा ल्याउन लागिएको चलचित्र विकाश बोर्डका सदस्य सुरेश दर्पण पोखरेलले जानकारी दिए । परमार्श कक्षामा अहिलेसम्म चलेका चलचित्र, हल संख्या, चलचित्रको कलेक्शन, निर्माताले पाउने शेयर लगायतका विवरण राखिनेछ ।

film-bikash-board

यस्ता निर्णयले वितरण प्रणालीलाई केही हदसम्म व्यबस्थित गर्न र सुर्धान मद्धत पुग्ने पोखरेलको तर्क छ । पोख्रेलका अनुसार शुक्रबार बोर्डको बैठकले पारित गरेपछि यो कामको आरमभ गर्ने बताए । बोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताको कार्यकाल सकिन १ महिना बाँकी रहदाँ बोर्डले यस्तो निर्णय गर्न लागेको हो । धर्मेन्द्र मोरवैता कार्यालय जान छोडिसकेका स्रोतले बताएको छ ।

%d bloggers like this: