Sat. Apr 20th, 2024

पछिल्लो समय मोडलिङलाई पेशाका रुपमा अंगालनेहरुको संख्या बढ्दै गइरहेको छ । यसै क्षेत्रलाई आफ्नो करीयरको रुपमा लिएर अघि बढिरहेका छन् कृष्ण थापा । भविष्यमा एक सफल मोडल बन्ने लक्ष्यका साथ यसै क्षेत्रमा निरन्तर आफ्ना पाइलाहरु अघि बढाइरहेको उनी बताउँछन् । प्रशन्न् पौडेल निर्देशीत म्युजिक भिडियो बाट मोडलिङमा डेव्यू गरेका कृष्णले हाल सम्म आदी दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

krishna thapa

समय अनुसार पहिरन छनौटमा विषेश चासो राख्ने उनी यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने सोच रहेको बताउँछन् । ५ फुट ६ इन्चका कृष्ण पेशाले ब्यापारी हुन् । राम्रो अवसर पाए चलचित्र निर्माण र अभिनय गर्ने उनको सोच रहेको छ । उनी भन्छन् -‘मेरो चाहाना भनेको नेपाली म्युजिक भिडियोको स्तरलाई माथी सम्म उठाउनु हो ।’ कलाकारिता क्षेत्रलाई नाम र दाम कमाउने माध्यमका रुपमा मात्र चित्रण गर्न नहुने उनको भनाइ छ ।

krishna thapa.jpg3

उनी भन्छन् -‘कलाकारिता क्षेत्र भनेको एउटा यस्तो क्षेत्र हो जसले समाजमा घट्ने नकारात्मक घटनालाई सकारात्मक र उत्कृष्ट सोचसहित अभिनयमा उतारेर कलाकारिताको माध्यमबाट न्यूनिकरण गर्नमा मद्दत गर्दछ ।’ साथीभाईको साथ र परिवारको सहयोगले यस क्षेत्रमा प्रवेश गर्न आफूलाई प्रेरण मिलेको बताउने कृष्ण फूर्सदको समयमा नयाँ ठाउँ घुम्न रुचाउँछन् ।

%d bloggers like this: