Fri. Jan 28th, 2022

चैत २७ गतेदेखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र हवल्दार सुन्तलीको अफिसियल गीत रिलिज भएको छ । ‘तिम्रो डोला डोला हातमा’ नामक सार्वजनिक गीतमा शिल्पा पाखरेल र किशोर खतिवडाको आर्कषक नृत्य देख्न सकिन्छ । सार्वजनिक गीत डान्सिंग गीत भएका कारण गीतले दर्शकलाई नचाउने निर्माता छविराज ओझाले बताएका छन् । दीपक शर्माको संगीत,कविराज गहतराजको नृत्य रहेको गीतमा युवराज चौलागाईं र सहिमा श्रेष्ठको स्वर रहेको छ ।

hawaldar suntali

ऋषि लामिछाने निर्देशित फिल्म ‘हवल्दार सुन्तली’ मा शिल्पा पोखरेल,किशोर खतिवडासँगै नायक सविन श्रेष्ठको पनि मुख्य अभिनय रहेको छ । चन्द्र पन्तको द्धन्द्ध रहेको चलचित्र हवल्दार सुन्तलीलाई मदन कास्यप घिमिरेले खिचेका हुन । शिवम अधिकारीको कथा रहेको ‘हवलदार सुन्तली’ आफ्नै सहकर्मीबाट यौन हिंसामा परेकी प्रहरी जवान सुन्तली धामीमाथि चलचित्र निर्माण भएको छ । जसको शिर्ष भूमिकामा नायिका शिल्पा पोखरेल देखिएकी छिन् । चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन भने दिजेन्द्र शाक्यको पनि चलचित्रमा लगानी रहेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=BHmCKgqesB8#t=28