Wed. Apr 24th, 2024

चलचित्रक्षेत्रका लागी मंसिर महिना खासै राम्रो भएनन किनकी मंसिर महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्रहरुले दर्शक राम्रो सगँ हल भित्राउन असफल नै रहे । कार्तिकको अन्तिम सातामा प्रदर्शन भएको फिल्म ‘जेरी’ ले भने मंसिर महिना सम्म राम्रो व्यापार गर्न सफल भयो त्यसपछिका चलचित्रको अबस्था भने खासै उत्कृष्ट रहन सकेन । हेमेराज विसी निर्देशित ‘जेरी’ सोलो रिलिजको फाइदा समेत उठायो । मंसिर ५ गते दुई फिल्महरु ‘श्री ५ अम्बरे’ र ‘हमजाएगा’ एकसाथ प्रदर्शनमा आएका थिए । यि फिल्मले पनि खासै कमाल देखाउन सकेनन । हमजाएगाको तुलनामा श्री ५ अम्बरेले राम्रै व्यापार गरेपनि व्यापारिक हिसाबले भने चलचित्र असफल नै रह्यो । अर्थात भनौं यि दुवै चलचित्र फ्ल्पको सुचिमा नै रहन पुगे । ‘मिस्टेक’ नामक फिल्म मंसिरको दोश्रो सातामा प्रदर्शनमा आएको थियो । ‘मिस्टेक’ले पनि दर्शकलाई हलसम्म पुराउन असफल नै रह्यो र प्रदर्शनमा आएको पहिलो दिननै मिस्टेक चलचित्रहलबाट बाहिरिएको थियो ।

manshir movie

मंसिर १९ गते चै चलचित्रक्षेत्रमा केहि नयाँ सुरुवात हुन्छ होला भनिएको थियो तर मंसिर १९ पनि हातमा लाग्यो शून्य जस्तै भयो । १२ बर्षपछि निर्देशन कार्यमा फर्किएका निर्देशक शम्भु प्रधानले निर्देशन गरेको चलचित्र रंग बैजनी र आर्यन सिग्लेद अभिनित चलचित्र नाईके मंसिर १९ गते देशभर प्रदर्शनमा आएका थिए तर यि दुवै चलचित्र पनि फ्ल्प भए । नाईकेको तुलनामा रंग बैजनीले केहि राम्रो व्यापार गरेपनि फ्ल्प फिल्मको सुचिमा नै रह्यो रंग बैजनी । मंसिर २६ गते प्रदर्शनमा आएका दुई फिल्म ‘लभ यू बाबा’ र ‘कान्छी मट्याङ ट्याङ’ फ्ल्प नै रहन पुगे । विश्व चलचित्र इतिहासमै पहिलो पटक ८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबाले आफ्नो प्रचार प्रसारमा व्यापाकता दिएपनि चलचित्रले आक्रमक व्यापार गर्न असफल नै रह्यो । ‘कान्छी मट्याङ ट्याङ’ले प्रचारमा खासै वास्ता नदिएपनि लब यू बाबाको तुलनामा राम्रो व्यापार गर्न सफल भयो तर चलचित्रले लगानी सुरक्षित गर्न भने सकेन । अहिले पनि केहि स्थानहरुमा ‘कान्छी मट्याङ ट्याङ’ प्रदर्शनरत छ तर लब यू बाबा चलचित्रहलहरुबाट बाहिरिसकेको स्रोतले जनाएको छ । यसरी मंसिर महिना चलचित्र बजारमा सन्नटा नै छायो । मंसिर महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्र मात्र होइनन बलिउड फिल्मले पनि कमाल देखाउन नसकेको वितरकहरु बताउँछन् ।

%d bloggers like this: