Thu. Apr 25th, 2024

बलिउडकी चर्चित अभिनेत्री जरिन खान एकै चलचित्रमा दुई अभिनेतासँगको रोमान्स गर्ने भएकी छिन् । भुषण कुमारले निर्माण गर्ने चलचित्रमा उनी शरमन जोशी तथा बीर दाशकासाथ रोमान्समा देखिने भएकी हुन् । चलचित्रको नाम ‘ननसेन्स’ राखिएको छ । चलचित्रको मार्च २०१५ बाट छायांकन सुरु हुँदैछ । जरिनले २०१० मा प्रदर्शित चलचित्र ‘वीर’बाट अभिनय करियर सुरु गरेकी हुन् ।

jarin khan

‘वीर’मा उनी सलमान खानको अपोजिट भूमिकामा देखिएकी थिइन् । सलमान खानकासाथ पहिलो चलचित्र अभिनय गर्ने अवसर पाएकी यी अभिनेत्रीले यो चार वर्ष बलिउडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएकी छन् । भुषण कुमारले चलचित्र ‘ननसेन्स’को घोषणा गरिसकेका छन् ।  जरिनले पनि आफू भुषणको चलचित्रमा अभिनय गर्न लागेको बताएकी छन् । भुषणले हाँस्य चलचित्रको रुपमा यसलाई निर्माण गर्न लागेका हुन् । चलचित्रका निर्देशक अशिवन शेट्टीले गर्दैछन् ।

%d bloggers like this: