Fri. Apr 26th, 2024

निर्माता छविराज ओझा र नायिका तथा मोडल शिल्पा पोखरेल विचको सम्बन्धले बेला बेलामा कलिउड बजार नतातेको भने होइन । लज्जामा पहिलो पटक ठुलो पर्दामा मुहार देखाउने अबसर पाएकी शिल्पालाई चलचित्रक्षेत्रमा निर्माता छविराज ओझाले नै भित्राएका हुन् भन्दा सायद फरक नपर्ला तर एकपछि अर्को गदै छविराज ओझाले निर्माण गरेका चलचित्रमा नायिका शिल्पा पोखरेल देखिनुले चै पक्कै केहि कुराको झल्को दिन खोजिरहेको चलचित्रक्षेत्रका जानकारहरु बताउँछन् । त्यहि क्रममा नायिका शिल्पा पोखरेल पुन छविराज ओझाले निर्माण गर्न लागेको चलचित्र किस्मत २ मा हिरोइनको रुपमा पक्का भएकी छिन् । लज्जा पछि चैत २७ गते प्रदर्शन हुन लागेको चलचित्र हवल्दार सुन्तलीमा देखिन लागेकी शिल्पालाई आज उनको जन्मदिनमा छविले किस्मत २ को नायिकाको रुपमा उनलाई घोषणा गरेका हुन ।

chhabi-in

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नायिका शिल्पा पोखरेलको जन्मदिनमा केक समेत काटिएको थियो । अब शिल्पा तेस्रो पटक चलचित्रको ठुलो पर्दामा देखिदैंछिन् । निर्माता छविराज ओझा सगँ नजिक भएसगैं उनको भाग्य चम्केको पनि धेरैले बताउदैं आएका छन् तर शिल्पा भन्छिन् -‘छवि ‘बा’ले मलाई मेरो मेहेनतलाई हेरेर चलचित्रमा लिनुभएको हो ।’ आज आयोजित कार्यक्रममा चैत २७ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र हवल्दार सुन्तलीको दुईवटा गीत पनि सार्वजनिक गरिएको छ । ‘डोला डोला’ र ‘घन्टी बज्यो’ नामक बोलको गीत सार्वजनिक गदैं निर्माता छविराज ओझाले अब चलचित्र हवल्दार सुन्तलीको प्रचार प्रसारलाई व्यापकता दिदैं जाने पनि बताए । सार्वजनिक दुईवटा गीतमा टंक बुढाथोकी र दीपक शर्माले संगीत भरेका छन् । चलचित्र हवल्दार सुन्तलीमा शिल्पा पोखरेल सगैं सविन श्रेष्ठ र किशोर खतिवडाको पनि मुख्य भुमिका रहेको छ । चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन भने छविराज प्रोडक्शनले गुण सिनेमासँग मिलेर चलचित्र हवल्दार सुन्तली निर्माण भएको हो ।

%d bloggers like this: